स्ववियु चुनावको चहलपहल
यस पटक आफ्नै कलेजको चुनावी चहलपहलका केही फोटोहरु राख्दैछु। इन्टरदेखि मास्टर्ससम्म पढाइने आरआर क्याम्पसमा बिहान, दिउँसो र साँझ गरी तीन सत्रमा पढाइ हुन्छ। ७५ वटै जिल्लाका विद्यार्थीहरु यहाँ अध्ययनरत छन्। प्रधानमन्त्री पुत्र प्रकाश दाहालसमेत यो क्याम्पसको स्ववियु निर्वाचनका मतदाता हुन्। ब्याचलर्स तहमा उनले भर्ना गरेको जानकारी एक विद्यार्थी नेताले दिए। सुरुदेखि नै यो कलेजमा एमाले अखिलको वर्चश्व रहँदै आएको छ। तर यस पटक एमाले अखिल र माओवादी अखिल (क्रान्तिकारी) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धामा काँग्रेस भ्रातृ संगठन नेविसंघ पनि नरहेको हैन, तर विद्रोही उम्मेदवारका कारण यसै त यहाँको संगठनमा कमजोर नेविसंघलाई घाटा पुग्ने देखिन्छ।
एमाले अखिलका अध्यक्ष पदका उम्मेदवार राजकुमार राई (बायाँ) र अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र बस्नेत (दायाँ)। हामी कलेजमा पुग्दा दुवै अध्यक्ष पदका उम्मेदवार शान्तिपूर्ण प्रचार गरौँ भन्दै हात मिलाउँदै थिए।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्