Thursday, March 5, 2009

काँग्रेसले पनि ‘तरुण सेना’ मा भर्ती खोल्ने रे
सेनाले खोलेको भर्ती कसैगरी पनि रोक्न सकेन माओवादीले। भलै प्रधानमन्त्री र रक्षामन्त्री माओवादी कै छ अहिले। त्यसैको रिसमा रिसमा माओवादीको जनसेनाले पनि भर्ती खोल्ने भन्दै ५ रुपैयाँमा भर्ना फाराम बाँड्न थालिसकेको छ। शान्ति सम्झौतामा दुवै सेनाले नयाँ भर्ना खोल्न नपाउने भन्ने छ। दुवै सेनाले अहिले नयाँ भर्ना कहाँ खोल्या हो र, पुरानो खाली रहेको दरबन्दी पो मिलान गर्नलाई खोलेको त भन्ने कूतर्क गरिरहेका छन्। यो सब देखेर प्रतिपक्षी काँग्रेसलाई पनि झोँक चलेछ। उसले पनि तरुण सेनामा भर्ती खोल्ने चेतावनी दिएको छ। यस्तो चेतावनी दिएका हुन् तरुण दलका अध्यक्ष महेन्द्र यादवले। उनी सभासद् पनि हुन्। माओवादीले मात्र जंगल र हतियार देखेको भन्ठान्या ? काँग्रेसले पनि जंगल देखेको छ, हतियार देखेको छ, उनी सानेपामा आयोजित कार्यक्रममा कुर्लँदै थिए।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्