२३ साउन, काठमाडौं । आफूलाई दरबार हत्याकाण्डको योजनाकार बताउँदै आएका तुलप्रसाद शेरचनलाई प्रहरीले पक्राउ गरेको छ । सादा पोशाकमा रहेका सुरक्षाकर्मीहरुले राजधानीको सुन्धारास्थित एक गेष्टहाउसबाट गयराती ११ बजे शेरचनलाई पक्राउ गरेका हुन् । आफूलाई रोयल ब्युरो अफ इन्टिलिजेन्सको प्रमुख बताउने शेरचनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो योजनामा हत्याकाण्ड भएको दावी गरेका थिए । दरवारले बिभिन्न क्षेत्रमा अनियमितता गरी अकुत सम्पति आर्जन गरेकोले आफ्नो योजनामा हत्याकाण्ड भएको शेरचनको भनाई छ । उनले सन् १९७५ मा बेलायतमा आफूले बनाएको हत्याकाण्डको योजनाको श्रब्य दृष्यसमेत सुरक्षीत रहेको बताएका छन् ।
राजनीतिक विश्लेषकहरुले भने शेरचन कसैबाट परिचालित भएको हुनसक्ने आशंका गरेका छन् ।
०५८ जेठ १९ मा भएको हत्याकाण्डमा तत्कालिन राजा बीरेन्द्रसहित उनको परिवारको बंश नास भएको थियो । तर, हत्याकाण्डको सत्यतथ्य भने त्यसपछिका कुनै पनि सरकारले पत्ता लगाउन सकेका छैनन्

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्