Sunday, September 6, 2009

परपुरुषसँग आफ्नो श्रीमतिको फोटो देखेपछि आत्महत्या

श्रीमतीको फोटोसँगै अन्य पुरुषको फोटो देखेपछि सर्लाही ब्रम्हपुरी-९ का श्याम राय यादवले आत्महत्या गरेका छन् । गत वैशाखमा विवाह गरेका २७ वर्षीय रायले शुक्रबार राति आफ्नै कोठाको सिलिङ्ग पङ्खामा झुन्डिएर आत्महत्या गरेका हुन्। श्रीमती धेरैजसो मलंगवास्थित माइतमा आइरहने भएकाले शङ्काको आधारमा रायले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । मतृक रायको शवनजिक उनकी श्रीमतीसँग एक युवकको तस्विर फेलापरेको जिल्ला प्रहरी कार्यालयका नायब निरीक्षक महेन्द्रप्रसाद साहले बताए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्