Sunday, September 6, 2009

प्रहरीले हिजो साँझ बुटवलको एकजुवा खालबाट केहि जुवाडे सहित डेढलाख भन्दा बढि रुपैया नियन्त्रणमा लिएको छ । तिनहुको पटिपुलदेखि पश्चितर्फ राजु काले भन्ने राजेन्द्र श्रेष्ठको घरमा संचालित दुइ वटा जुवाखाल नियन्त्रणमा लिइ १३ जना जुवाडे सहित १ लाख ६५ हजार बरामद गरेको प्रहरीले जनाएको छ । सुराकिको आधारमा भैरहवाबाट गएको प्रहरीको टोलीले उनिहरु सहित बरामद रकम अहिले जिल्ला प्रहरी कार्यलय भैरहवामा चलान गरी अनुसन्धान सुरु गरेको बताएको छ । पक्राउ परेका जुवाडे र जुवा खाल संचालक सबैलाइ कानुन बमोजिम कार्वाहि गरिने जिल्ला प्रहरी कार्यलय भैरहवाका प्रहरी नायव उपरीक्षक भिम आर्चायले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्