कहिले काही एकान्तमा, तिम्री यदले सताउछ बेसरी ।
न भेटन नै सक्छु न देख्नै सक्छु कल्पना छ मन भरी ।।
पिरोल्छ यादले मलाई बेसरी, तिम्रो बारेमा सोच्दा सोच्दै ।
बढाउछ ढुकढुकी, बिथोल्छ मनलाई कल्पनाको दुनियाँ रच्दै ।।
मेरो मनमा तिम्रो याद बसेछ, रक्त्त संचार गर्ने प्राण बायु झै ।
न सक्छु निकाल्न तिमी न मनै सक्छु निकल्न, काल झै ।।
कस्तो माया बसेछ पराइमा तड्पिन्छ यो मेरो मन मिलनमा ।
अनायासै बसाएछु अन्तर आत्मामा, कस्तो हुदो रहेछ मन प्रेममा ।।
राजु के.सी. दुबइ
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्