हजारौ सपना देख्ने मेरो दुइटा आँखा भए पनि
तिमीलाइनै देख्छु सधैं डाडा काटी गए पनी
तिमीलाई कहिलै भुल्दिन छोटो जीवन रहे सम्म
हजारौ धोका दीइ मलाई अन्तै कतै गए पनि ।
सम्झी रहन्छु मेरो जीवन तिमीनै हौ भनी ठानी
हजार प्रहार छुरा रोपी घाइते पारी गए पनि ।
अनगिन्ती सपनाहरु तिमी सगै साटी रहन्छु
धोका दीई अन्तै तिम्ले महल ठदाइ गए पनि ।
मुटु भरी चोट दीई पराइ मलाई ठानी रहोउ
तिमी तारा भाको देखु मत भुइको धुलो भए पनि ।
कान्छालाल तमाङ
मकवानपुर फापरबारी
हाल इराक
chintakl@yahoo.com
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्