Sunday, September 6, 2009

जोलीको लेस्वियन फिल्म फेरी रिलिज हुने

सन् १९९८ मा सत्यकथामा आधारित भएर बनाईएको फिल्म 'Gia' रि-रिलिज हुने भएको छ। हलिउडकि हट सुन्दरी एन्जेलिना जोली र एलिजाबेथ मिशेलले त्यस फिल्ममा समलिङगी महिलाहरुको भुमिकामा अभिनय गरेका छन। त्यस बेला त्यसका केही हट सिनहरु सेन्सर गरीए पनी अब पहिले सेन्सर गरीएका सबै दृश्यहरु त्यसमा समावेश गरीने छन। साँचो कथामा आधारित यस फिल्ममा संक्रमित सुई बाट एड्स सरेकि एक सुपर मोडलको २६ वर्षको उमेरमा भएको देखाईएको छ। यस फिल्ममा जोलीले समलैङगिक महिलाको भुमिका निभाएकि छन र फिल्ममा एलिजाबेथ मिशेल र जोली बिचको प्रेम सम्बन्ध देखाईएको छ। फिल्ममा जोली कती पटक त नाङै नै देखिन्छिन साथै जोली र एलिजाबेथ मिशेल बिचका सिनहरु पनी निकै नै बोल्ड छन। त्यसैले त्यो समयमा यस फिल्मका केही दृश्यहरु देखाउन प्रतिवन्धित गरीएको थियो। अब भने ति सबै दृश्यहरु फिलमा समावेश गरीने छ। स्मरण रहोस, यो फिल्मले गोल्डन ग्लोब पुरस्कार पनी हात पारेको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्