Monday, September 7, 2009

कोइराला निवासबाट रित्तो हात फर्के प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता साझेदार कांग्रेससँग चिसिएको सम्बन्धबारे नेपाली काग्रेसका सभापति गिरीजाप्रसाद कोइरालासँग संवाद गर्न गरेको प्रयास विफल भएको छ ।नयाँ मन्त्रीहरुको सपथ ग्रहणदेखि सरकारको सय दिने समीक्षा सार्वजनिक गर्ने कार्यक्रममा समेत कांग्रेसका मन्त्रीहरु सहभागी नभएपछि यसबारे छलफल गर्न प्रम नेपाल कोइराला निवास महाराजगञ्ज पुगे पनि कुनै छलफल हुन नसकेको स्रोतले बतायो ।वर्तमान सरकारका डिजाइनकार मानिने कोइराला आफ्नी छोरीलाई उपप्रधानमन्त्री नबनाइएको, राजदूत नियुक्ति तथा सरकार विस्तार गर्दा आफूसँग कुनै छलफल नगरिएकोलगायतका विषयमा प्रम नेपालसँग असन्तुष्ट रहँदै आएका छन ।तर अस्वस्थ भएर आफ्नै निवासमा आराम गरिरहेका कोइरालाले कुनै कुराकानी गर्न अस्वीकार गरेका छन । करिब १० मिनेट निवासको तल्लो तलामा बिताउँदा पनि कोइराला नओर्लिएपछि प्रधानमन्त्री नेपाल फर्केका थिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्