Thursday, December 10, 2009

स्लिम बन्नु छ? टमाटर खानुहोस

यदी तपाई स्लिम हुन चाहानुहुन्छ भने टमाटर खानुहोस। एक अनुशन्धानका अनुसार यदी तपाईले हरेक दिन बिहान उठेर एउटा टमाटर खाने गर्नु भयो भने ब्रेकफास्ट गर्नै पर्दैन। वास्तवमा टमाटरमा यस्ता तत्वहरु पाईन्छ जसले गर्दा भोक कम लाग्छ। यहाँ सम्म की बिहान एक टमाटर खाए पछी अरु कुनै पनी प्रकारका स्न्याक्सहरु समेत लिनु पर्दैन। अनुशन्धानमा पत्ता लागे अनुसार यो यस कारण हुने गर्दछ कि टमाटरमा यस्ता तत्वहरु पाईन्छन जसले भोक जगाउने हर्मोनहरुलाई केही हद सम्म निस्क्रिय पार्ने गर्दछन।
त्यसैले बिहान एक टमाटर खाएर नै तपाईले केही समय सम्मको लागी भए पनी भोक लाई कम गर्न सक्नुहुन्छ। यो अनुशन्धान Reading University ले एक महिलाको समुहमा गरेको थियो जसले टमाटरले मानिसहरुमा भोक कम गर्ने कुरा पत्ता लागेको थियो।
सोर्स : इमज्जा

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्