Thursday, December 10, 2009

तिन दलीय कार्यदलको बैठक आजपनि बस्दै

मंसिर २५ काठामांडू सहमतिको प्याकेज तयार गर्न बनेको ३ दलीय कार्यदलको बैठक आजपनि बस्दैछ । राष्ट्रपतिको कदमका विषयमा साझा संकल्प प्रस्तावमा कार्यदलका सदस्यहबीच विवाद रहेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा दिउसो २ बजे बस्ने बैठकमा पेश भएका विभिन्न विकल्पमा छलफल हुने र त्यसैमा सहमति खोजीने कार्यदलका सदस्य एमाले नेता गृहमन्त्री भीम रावलले जानकारी दिनुभयो ।
बैठकमा माओवादीका तर्फबाट र कांग्रेसका र एमालेका तर्फबाट गरी दुइओटा प्रस्ताव पेश गरिएको छ । कार्यदलमा सहमति बनेपछि शीर्ष बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन । तर,राष्ट्रपतिका विषयमा एकीकृत नेकपा मओवादी र नेपाली काग्रेसले आ-आफ्नो अडान छाडेका छैनन । दलहरुबीचमा सहमति नभएका कारण संसद अवरुद्ध कायमै छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्