फूलको कुनै सुगंध छैन काडाका यी खातसित
बसन्तको बहार बाडदै उडेपनी कोइलिहरू
यथाबत छ शिशिर यहाँ पहेला यी पातसिता
देश आघात बनेको छ सन्त्राश यी घड़ीहरुमा
उन्मात शासक अझै सताको यी मातसित
बिउझदै छन बस्तिहरूमा जुन्किरी झै मान्छेहरु
नजी ऐ जल्लाद्हरू बिद्रोही यी हतसित
उज्यालो कुनै घाम छैन औशिका यी रातसित ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्