सरकारले एक महिना अघि गरेको सहमति कार्यान्वयन नगरेको भन्दै थारु कल्याणकारी सभाले पुन: आन्दोलन गर्ने घोषणा गरेको छ । गत फाल्गुण १९ देखि चैत्र १ गतेसम्म थारुहरुले गरेको आन्दोलनपछि सरकारले आफुहरुसंग गरेको ६ बुदे सहमति कार्यान्वयन नगरेको भन्दै पुन: आन्दोलनको तयारी गरेको थारु कन्याणकारी सभाका अध्यक्ष राजकुमार लेखिले जानकारी दिनुभयो । सरकारले ल्याएको अध्यादेशमा थारु लगायत तराईमा बसोवास गर्ने ९२ जातिलाई मधेशिमा सुचिक्रित गरिएको विरोधमा आन्दोलनमा उत्रिएको थारु समुदाय र सरकारबिच गत चैत्र १ गते भएको वार्तामा संविधानमा उल्लेखित मधेश सब्दलाई तराई मधेश राख्ने,सार्वजनिक सेवालाई समावेशि बनाउने लगायतका ६ बुदे सहमति भएको थियो । यस् अघि भएको कुनै पनी समझौता सरकारले पुरा नगरेको भनी पुन आन्दोलन गरिएको कुरा थारु संघ ले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्