Tuesday, April 21, 2009

प्रधानसेनापतिद्वारा सरकारलाइ स्पष्टिकरण पेश

प्रधानसेनापति रुक्मांगद कटवालले मंगलबार सरकारलाई स्पष्टिकरणको जवाफ दिनुभएको छ । सेनापति कार्यालयका सहायक रथी राजेन्द्रबहादुर क्षेत्रीले मन्त्रिपरिषद कार्यालयमा स्पष्टिकरण बुझाउनुभएको थियो । स्पष्टिकरणको बोधार्थ रक्षामन्त्रालयलाई दिइएको छ । सरकारको आदेश अवज्ञा गरेको भन्दै सरकारले सोमाबार २४ घण्टा भित्र स्पष्टिकरण दिन पत्र पठाएको थियो । सैन्य भर्ना प्रक्रिया, ८ सैनिक अधिकारीको अवकास प्रकरण र राष्ट्रिय खेलकुद बहिष्कार बारे जवाफ माग गर्दै रक्षाले स्पष्टिकरण सोधेको थियो । रक्षा मन्त्रालयले स्पष्टीकरण सोधेलगत्तै सेनापति कटवालले उच्च सैनिक अधिकारीहरूको अनौपचारिक बैठक बोलाउनुभएको थियो । सेनापतिको प्रस्टीकरणमा नागरिक सर्वोच्चता र निर्वाचित सरकारको निर्देशनलाई आफूले सधैं मान्ने र स्पष्टीकरणका लागि उठाइएका विषयमा गरिएका कार्यहरू लोकतान्त्रिक मूल्यमान्यता, जननिर्वाचित निकायले बनाएको कानुन र जननिर्वाचित सरकारको निर्देशनअनुसार नै भएको उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्