Wednesday, April 22, 2009

कटौवललाइ हटौने हुती भएन सरकारलाई

प्रधानसेनापतिलाई हटाउने कि नहटाउने भन्ने विषयमा बुधबार मन्त्रिपरिषद्‍को बैठकले कुनै निर्णय गर्न सकेन। बैठकमा सबै सदस्यलाई कटवालको त्यो २१ पाना लामो स्पष्टीकरण पत्र बाँडिएछ, जसलाई माओवादीले स्पष्टीकरण हैन प्रतिवाद भनेर व्याख्या गरेका छन्। मन्त्रिपरिषद्‍को बैठक फोरमले भने बहिस्कार गरएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको माओवादीको सचिवालय बैठकले तत्काल प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने निर्णय तत्काल हतारमा नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । अहिलेलाई स्पष्टीकरणको अध्ययन गर्ने भनिएको छ। त्यसैले आजको मन्त्रिपरिषद्‍को बैठकमा कटवाललाई हटाउने विषयमा कुनै निर्णय नहुने लगभग निश्चित भएको छ। रात रहे त अग्राख पलाउँछ, अब हतारमा नगर्ने भनेको हटाउने हुति नभएको हो भनेर सबैले बुझे हुन्छ। तर यो बीचमा, सेनामा राजनीतिकरण गजबले हुनेछ। सेनाले पनि राजनीति नै गर्नेछ। माओवादीले पनि राजनीति नै गर्नेछ। अनि विपक्षी दलहरुले पनि राजनीति नै गर्नेछ। एउटा कुरामा भने माओवादी सफल हुनसक्नेछन्- सेनालाई विवादमा ल्याउने अनि भावी प्रधानसेनापतिलाई पनि नाङ्ग्लो ठटाएर हात्ती तर्सौना खोजेको परस्त हुन्छा ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्