Wednesday, April 22, 2009

थारुहत को पुन आन्दोलन

सरकारले ६ बुदे सहमति गरेर कार्यन्वयन नगरेको भन्दै थारुहरूले आज देखि गरेको बन्दको कारन जन जीबन अस्त बेस्त भएको छ । थरुहटका सर्मथकहरुले बिहानैदेखि नवलपरासी र चितवनमा महेन्द्रराजमार्गको यातायात ठप्प पारेका छन् । नवलपरासीको बर्दघाट, भुताह,बासा,डण्डा,कावासोती,चोरमारा,रजहर र दुम्कौली लगायतका स्थानमा राजमार्गमा ढुङ्गामुढा तेर्सायका कारण पुर्वपश्चिम महेन्द्रराजमार्गको यातायात ठप्प भएको छ । दुवै जिल्लामा यातायात बन्द भएपछि बिहानी कक्षाका बिद्यालयहरु समेत बन्द भएका छन् । त्यस्तै,उनीहरुले रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्ब पश्चिम राजमार्ग बन्द गराएका छन । चन्द्रनिगाहपुरका बिद्यालय, बजार, पसल समेत बन्द छन् । बन्दका कारण बिहान देखी कुनै पनि सबरीहरु चलेका छैनन

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्