एमाले केन्द्रिय कमिटिको बैठक आजदेखि सुरु हुदैछ । नयाँ सरकार गठनको तयारीमा बस्न लागेको केन्द्रिय कमिटिको बैठकले नयाँ सरकार गठन र रष्ट्रपतिको कदम बारे आधिकारिक धारणा बनाउने छ । आज विहान ११ बजे पार्टि कार्यालय बल्खुमा बस्ने बैठकमा नयाँ सरकार गठन र एमालेको नेत्रित्व, पार्टिको सागठनिक गतिविधि, प्रधानसेनापति र माओवादिको भिडियो टेप प्रकरण लगायतका समसामयिक विषयमा मुख्यरुपमा छलफल केन्दित हुनेछ । नेकपा एमाले स्थायि कमिटिको हिजो बसेको बैठकले केन्द्रिय कमिटिको बैठकका लागि वर्तमान राजनीतिक परिस्थिति,सागठनिकप्रतिवेदन, स्थायि कमिटिको विस्तार,स्थायि समितिमा केन्द्रिय कमिटिका सदस्यको कार्य विभाजन,मासिक कार्ययोजना र विविध कार्यसुचि तयार पारेको थियो । संविधानसभाको उपनिर्वाचन अघि थाति रहेका एजेण्डाहरु, पार्टि अध्यक्ष झलनाथ खनालको चिन भ्रमणको उपलब्धि, पार्टिको प्रमुख अंग पोलिटव्युरो निर्वाचन,१ सय १५ सदस्यीय केन्द्रिय सदस्यहरुको कार्यविभाजन, भावि सरकारमा जानका लागि पार्टिको कार्यदिशा आदि बिशयमा छलफल हुनेछ छं ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्