नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेपालका लागि अमेरिकी राजदुत न्यान्सी जे पावेलविच आज विहान भेटवार्ता भएको छ । कोइराला निवास महाराजगंजमा भएको भेटमा नयाँ सरकार गठनबारे अमेरीकी राजदुतले चासो राख्नुभएको छ ।भेटमा पावेलले माओवादीको नेतृत्वमाँ सरकार गठन गर्न नहुने बताउनुभएको छ । उहाँले माओवादीले रणनितिक रुपमा गलत चाल चलेर आफ्नो ब्यावहारमा परिवर्तन नगरेकालेले माओवादीलाई नेतृत्वमा पठाउन नहुने उहाँको भनाई छ । कोइरालले पनि आफु माओवादी नेतृत्वको सरकार बन्न् नहुने पक्षमा रहेको प्रतिउत्तर दिनुभएको काँग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । पवेलले उहाँले संवेदनशील घडीमा कोइरालाको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो । कोइरालाले शान्ति प्रक्रियामा अमेरिकी सहयोगको विश्वास व्यक्त गर्नुभयो । यसैगरी अनमिन प्रमुख लानग्रेनले शान्ति प्रक्रियामा उत्पन्न चुनौतीप्रति चिन्ता व्यक्त गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीबाट राजीनामा र सेनापति प्रकरणपछिको अवस्थाले शान्ति प्रक्रियामा असर पार्ने आशंका गर्दै दलहरुबीचको एकतामा जोड दिनुभयो । koइरालाले प्रचण्डको भिडियो टेपबारे ध्यानाकर्षण गराउदै जनसेनाको संख्या र प्रमाणिकरणमा देखिएको कमजोरीबारे प्रश्न गर्नुभएको थियो । पावेलले २ दिनअघि एमाले अध्यक्ष झलनाथ खनालसंग पनि भेट गर्नुभएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्