महिला हिंसासम्बन्धी उजुरीहरूमध्ये करिब २५ प्रतिशत उजुरी घरभित्रै हुने बलात्कार बारेमा हुने गरेको महिला अधिकारसँग सम्बन्धित संस्थाहरूले जनाएको छ ।अधिवक्ता मीरा ढुङ्गाना सामाजिक परिवेशका कारण नितान्त व्यक्तिगत समस्याका रूपमा लिइएको महिला हिंसासँग सम्बन्धित घरभित्रका बलात्कारका घटना सार्वजनिक रूपमा भने अझै बाहिर आउन नसकेको बताउनुहुन्छ ।अनिच्छापूर्वक श्रीमानबाट श्रीमतीसँग हुने शारिरीक सम्बन्धलाई नेपाली कानुनले बलात्कारको रुपमा लिएको छ ।उहाँका अनुसार खुल्ला रूपमा भन्न नसकेकै कारण महिलाहरूले घरभित्र हुने बलात्कारलाई सम्बन्धित निकायमा अंश मुद्दा गरी दिन भन्दै सहयोग माग्ने गरेका छन् । अंश चाहियो, सम्बन्ध विच्छेद गर्छ भनेर आउने उजुरीहरूमध्ये अधिकाङ्श घरभित्रै हुने बलात्कार रहेको बुझिएको छ ।सर्वाच्च अदालतमा ०५८ साल वैशाखमा घरभित्रै हुने बलात्कारका सम्बन्धमा हालेको रिटमाथि इच्छाविरुद्धको अपराध भनी फैसला गरिएको थियो ।
wow thats really good artical
ReplyDeleteYo parampara dekhiko problem ho jaslai mahilalenai lukayara rakheko pidadayak kahali ho jasma sabai sachet huna aawasyak chha hoina ra
ReplyDelete