नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा एमालेको नेतृत्वमा नयां सरकार गठनका लागि संख्या पुगेको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले केही दिनमै नयां सरकार गठन हुने बताए । 'सरकार गठनका लागि बहुमत पुगेको छ', पौडेलले भने, 'कांग्रेस, फोरमलगायतका दलहरुको र्समर्थन एमाले नेतृत्वको सरकारलाई हुन्छ ।' विगतमा कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको स्मरण गर्दै आफूहरुले पैंचो तिर्न लागेको बताए । एमालेको नेतृत्वमा सहमतिको सरकार गठन गरी दीगो शान्तिको बाटोमा अगाडि बढ्नलागेकाले माओवादीले पनि र्समर्थन गर्नुपर्ने बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै पौडेलले सरकार गठनका लागि माओवादीले ढोका खोल्नुपर्ने बताए । सदन अवरुद्ध गरेकोमा आलोचना गर्दै भने, 'माओवादीले सदन अवरुद्ध गर्नुहुन्न, अवरुद्ध गरिरहे सरकार गठनको वैकल्पिक बाटोबारे छलफल अगाडि बढाउछौं ।'

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्