आख़िर दुई चीरा भएको मधेसी जनअधिकार फोरम हात हालालको स्थितिमा पुगेको छं ।विरगंजमा जारी केन्द्रिय कमिटी वैठकमादुई पक्ष विच झडप भएको छ । झडपमा गच्छेदार समूहका २ सभासद सहित ७ जना घाईते भएका हुन् । घाइते मध्ये एकजनाको टाउको फुटेको छ । स्थानिय सम्झना होटलमाँ मध्यान्न देखी जारी वैठकमा अधक्ष्य उपेन्द्र यादव र वरिष्ठ नेता विजय कुमार गच्छेदार समुह विच झडप भएको हो । वैठक चलिरहदा सभासद करिमा बेगम नेत्रित्वको टोली नारावाजी गर्दै वैठक स्थल पुगेपछि दुबै समुहका कार्यकर्ता विच झडप भएको थियो । झडपका क्रममा दुबै तर्फका केहि कार्यकर्ता सामान्य घाईते भएका छन् भने करिव आधा दर्जन मोटरसाईकिलमा तोडफोड भएको प्रहरीले जनाएको छ । पर्सा प्रशासनले उल्लेख्य सङ्ख्यामा प्रहरी परिचालन गरेपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । के फॉरम फुटेकै होत की फेरी जोडिन्छ किन की जुट्नेर फूटने त नेपाली राजनीतिको परम्पराई हो नि होइनर ?
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्