Monday, June 8, 2009

नयाँ संविधानमा ‘शसस्त्र युद्ध’ राखिने

२५ जेठ, काठमाडौं । अव बन्ने नयाँ संविधानमा माओवादीले भन्दै आएको ‘जनयुद्ध’ शब्द नराखिने भएको छ । संविधानसभाको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिमा आज भएको मतदानमा ‘जनयुद्ध’ पक्षले १२ मत पाएको थियो भने ‘सशस्त्र युद्ध’को पक्षमा १९ मत खसेको थियो । समितिको आजको बैठकमा ४२ सभाषद रहेपनि ३२ जना मात्र उपस्थित थिए । माओवादीले संविधानमा ‘जनयुद्ध’ र ‘जनमुक्ति सेना’ भन्ने शब्द राख्नुपर्ने अडान राख्दै आएपछि समिति मतदानको निर्णयमा पुगेको हो ।
एमाले सभाषद रणध्वज कन्दङ्वाले दश बर्षसम्म माओवादीले गरेको ज्यादतिलाई ‘जनयुद्ध’ भन्न नमिल्ने धारणा राखेपछि माओवादी सभाषद कालीबहादुर मल्ललगायतले हातपातको प्रयास गरेका थिए । माओवादी र इतरका सभाषदहरुबीच चर्काचर्की भएपछि समितिका सभापति नवोदिता चौधरीले मतदान गरेर निष्कर्ष निकाल्ने निर्णय गर्नुभएको थियो । उकता ख़बर अनालिना ख़बर बाट लइएको हो

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्