२४ जेठ, काठमाडौं । ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले आहृवान गरेको बन्दका क्रममा काभ्रेमा माओवादी कार्यकर्ता र स्थानीयबासीबीच झडप भएपछि प्रसासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रसासनले काभ्रेको साँगादेखि धुलिखेलको अठ्ठाइसकिलोसम्म दिउँसो दुई बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश जारी गरेको हो । ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले आहृवान गरेको बन्दको बनेपावासीले अवज्ञा गरेका थिए । बनेपाका यातायात व्यवसायीहरूको गाडी तोडफोड भएपछि बन्दको अवज्ञा गरिएको हो । बन्द अवज्ञाकारीहरूले बनेपास्थित माओवादी जनसम्पर्क कार्यालयमा पनि तोडफोड गरिदिएका छन् ।
बन्द आहृवानकर्ता ताम्सालिङका समर्थक र बन्द अवज्ञा गर्ने समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय, बनेपाले दजनौं सेल अश्रुग्यास प्रहार गरेका थियो । झडपमा परी १२ जना घाइते भएका छन् । घाइते मध्ये रामकृष्ण मानन्धर, राकेश मानन्धर र केशव शाहीको अवस्था जटिल रहेको छ । घाइते सबैको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्