१ असार, काठमाण्डौ । एकीकृत माओवादीका काठमाण्डौ जिल्ला सदस्य राजेन्द्र फुयाँलको हत्याको बिरोधमा माओवादीले आज काठमाण्डौं जिल्ला वन्द गराएको छ । बिहानैदेखि माओवादीसम्वद्ध कार्यकर्ताहरुले सडकमा प्रदर्शन गर्दै सवारी संचालनमा अबरोध पुराएका छन् । काठमाण्डौका मुख्य सडक र चोकमा भएको प्रदर्शन र अबरोधका कारण यातायात बिहानैदेखि ठप्प छ । काठामांडू को चोक चोकमा एसिएलले झन्डा सहित पर्दर्सन गरेका छन ।
बिहिबार काठमाण्डौको धर्मस्थलीमा अचेत अवस्थामा भेटिएका फुयालको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । तर माओवादीले भने हत्या रहस्यमय भएको भन्दै निष्पक्ष छानविनको माग गरेको छ । शिक्षण अस्पतालमा भएको पोष्टमार्टमबाट उनले बिष शेवन गरेको देखिए पनि माओवादीले यसलाई हत्या नै भएको दावी गरेको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्