घरमा आएको सानीआमाले कहाँ गएको पढने बेलामा भनी गाली गर्नु भयो । धन्न साना बाबालाई भने भन्नु भएन । साना बाबालाई भनेको भए मर्नु हुन्थो यसरीनै हामी दुबइले पर्थम बषr परिक्षा सकायौ । उनी परिक्षा सकिने बितिकै गाउ लागिन भने म चाँही अफिसको काम मा बेस्त भए । तेती बेला सम्म महिले मोबाएल किनेको थिए । उनिले मलाई फोनमा होइन मोबाएलमा फोन गर्थिन । हामी दुइको दुरी दिन दिनै नजिकिदै थियो । एक दिन महिले सानी आमा सामु कुरा राखे । सानी आमाले हुँदैन आफ्नो जातको केटी विवाह गर्नु पर्छ । उनी मगर हुन भने म चाँही क्षेत्री । अरु मलाई थाहा छैन बेलुका साना बाबसग कुरा गर्छु भन्नु भयो । बोडो पढने बेलामा माया प्रिती लगाउदै हिड्दो रहेछ भनेर गाली गर्नु भयो । बेलुकी कुरा गर्छु भन्दा खेरी मेरो सातो गएको थियो तर पनि प्रेम हुँदै थियो किन डराउने भनेर अडि लियर बसे । बेलुकी साना बाब आउनु भयो अनी कुरा चलो साना बाबले सबै विवरण सोध्नु भयो मैले उनिको थाहा भएभरको सबै बधाई चडहाई सुनाए । हामीले तलाई यहाँ पढाउ न र केही कामको पनि ज्ञान हुन्छ भनेर तेरो परिवार सग सोधेर राखेका हौ । तेरो जिन्दकिको निणय हामीमा छैन ।
दसैं नजिकिदै छ घरमा गएर सोधुला अनी निणय गर्न सकिन्छ । जात भात् भनेको आज भोलिको जमानामा कुनै ठुलो कुरा होइन । साना बाबाको कुराले मलाई चिता बुझो दसैंको बिदा भयो । जागिर खाएको पढेको पनि खुब छाट्ले म घरमा आए । दसैंको बेलामा सबै साथीहरु पनि भेट भयो रमाइलो सग बित्दै थियो । दसैंको अस्ठमिको दिनमा मेरा एक छ्किमेकी श्रीमानले जाड खाएर चलाएको मोटर साइकलमा पारी दम्पतिले घटना स्थानमै ज्यान गुमाए गाउँ नै सोकमय भयो । टिकाको दिन साना बा सानी आमा दुबइ मेरा घरमा आए बेलुकी साना बाबा ले कुरा निकल्नु भयो । मेरो मन थर थर कापी रहेको थियो । बाबाले ठादै इन्कार गर्नु भयो । इन्कार हुनमा रहस्य रहेछ जुन दुर्घटनामा परेका परिवार थिए । उनिका एक छोरी र एक छोरा थिए । छोरीले बल्ल एस एल सि पास भएकी रहेछिन भने छोरा नौ म पढदै रहेछ । मेरो बाबा र उनीहरु बिच मेरो बिबिस परिक्षा सकीन साथ विवाह गरिदिने योजना रहेछ मलाई थाहानै भएन । सुधा सग अब तैले विवाह गर्नु पर्छ एक टुहुरी केटीको भबिष्यको जिम्मेवार तलाई सुम्पिदिने छौ । बिचार पुर्याएर कदम चाल् अब कालेज एही गाउमा पढछिन तेरो बिबिस सकिन साथ उनी सग विवाह हुन्छ । अहिलेनै गर्न चाहन्छस भने पनि हामी तयार छौ । म अलमलमा परे गाउकै भएर पनि म एक चोटि बोलेको पनि छैन । नाम पनि बल्ल थाहा भयो सुधा । मेरो मनमा पनि एक हिसाबले तरङ आउन थाले मनमा अनेकौ कुराहरु खेल्न थाले । एउटा टुहुरी केटीलाई समालेर पनि माया सदभाब खुशी दिन सकियो भने पनि जिबनको केही अर्थ हुन्थोकी जस्तो लग्न थालो । महिले राम्ररी चिनेको पनि छैन तीन बर्ष अघी देखी म काठमाडौं हिडेको दसैंमा मात्रा घरमा आउथे ।
तै पनि सुधाको घर मेरो भन्दा अली पर खोचमा परो म त्यता तिरा जादै जान्थिन पनि । भोली पल्ट आमा सानी आमा बाबा साना बाबा सबै मामा घरमा गए । सुधाहरु पनि हाम्रै गुठीको रहेछन । किरिया पुत्री कुर्ने पालो मेरो काधमा आयो । घरमा पाहुन आएका थिए । भाई र पाहुनलाई घरमा राखेर म कुर्न भनी गए । ति नानी कस्ती भाईछन त भन्ने मनमा कौतहल लागेको थियो । हेर्न मन लागेको थियो । घटना दु:खदाइ भए पनि मलाई काइताको निहु भयो । मान्छे धेरैनै जम्म भाईरहेका रहेछन । घरमा पुग्न साथ सबै सग हाइ हेलो नमस्ते मान्छे अनुसारको भयो । कतिले पढेको जागिरपनी खाएको केटो आयो भने , कतिले भने किन यसरी गाउलाई माया मारेको हो । गाउ त आउनइ चाडयो । अब बिए पढयो बिहे गरी भोज खुवाउन पर्छ हामीलाई पनि भने । बुढा पाकाहरु थापाको छोरो पनि बाबालाई टेवा दिने भाईसकेछ भन्थे । म हासेरै सबै कुरा पचाइ दिन्थे । मेरो भने आँखा अतुर थिए । सुधालाई हेर्न यता कतै नजर दुलाe तर देखिन । पिडिमा तासको खाल जम्यो मलाई पनि खेल्ने भनेका थिए । मलाई कता कता असजिलो लाग्यो । खेल्न आउँदैन भनेको पढे लेखेको मान्छे कहाँ तास खेल्छ र ? हामी जस्तो भएपो भनी जिस्काउन पनि थालए साथीहरुले त्यस्तो केही होइन भनी तारी दिए बल्ल देखे महिले सुधालाई ।क्रमस : । ...........सुमनसुधा
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्