४ असार, भद्रपुर । जन्तीपक्ष र स्थानीय युवाबीच झगडा हुँदा झापामा जन्तीपक्षका एक युवकको गएराति छुरा प्रहारबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजगढ-५ बस्ने २९ वर्षीय जगमोहन सहनी रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । उनलाई बेहुली पक्षका दिनेश चौधरीले पेटमा छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित चौधरी फरार रहेको बताइएको छ ।
अनारमनी- ५ बस्ने राजेश छोटीको विवाहमा राजगढ-५ बाट इन्दल सहनी बेहुलाको जन्ती आएको थियो । जन्तीको साथमा रहेकी एक केटीलाई स्थानीय केही युवाहरूले जिस्काएपछि दुवै पक्षबीच झै-झगडा हुँदा सो घटना भएको प्रहरीले जनाएको छ । जन्तीपक्षको एक युवकको हत्यापछि वैवाहिक कार्यक्रम स्थगित भएको थियो ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्