Thursday, June 18, 2009

आफ्नै ओला कटरा बिरोध

सर्बियाको सरकारी स्वामित्वमा रहेको कपडा-कारखाना, रास्का होल्डिङ फ्याक्ट्री कुनै बेला देशको सबैभन्दा बढी कपडा उत्पादन गर्ने कारखाना थियो । यहाँ चार हजार मानिसले रोजगारी पाएका थिए । तर, अहिले यस कम्पनीमा एक सयजति कर्मचारी मात्र छन् । त्यसमाथि कयौँले वषौंदेखि तलब पाएका छैनन् । यही झोंकमा यस कम्पनीका एक कर्मचारीले आफ्नो औँला करौँतीले रेटीरेटी काटे र काटिएको औँला मूला चपाएझैँ चपाएर खाइदिए । आफ्नै औँला भक्षण गर्ने उनी थिए, जोरेन बुलाटोभिच । जोरेन भन्छन्, 'हामी कामदारसँग खाने कुरा छैन । हामीले वैकल्पिक खाना खोज्ने बेला भइसकेको छ । मैले वैकल्पिक खानाको उदाहरण मात्रै प्रस्तुत गरेको हुँ ।' उनीसँगै काम गर्ने एक महिला कर्मचारीले वर्षांसम्म तलब नपाएका कारण आफ्नो हात काट्न अघि सरेपछि उनलाई रोक्न आफूले हात काटेको बताउँछन् बुलाटोभिच । 'तीन छोरा-छोरीकी एकल आमाले हात काटेको आफूले कसरी हेर्न सक्थेँ र म ?'यस कारखानामा तलब नपाएको विरोधमा भएका हजारौँ प्रदर्शनमध्ये यो सबभन्दा अनौठो थियो । गत वर्ष करिब दुई दर्जन कर्मचारीले १९ दिनसम्म भोकहडताल गरेका थिए ।
साभार : नेपाल जर्मन

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्