Saturday, June 20, 2009

माओवादीद्वारा देशभरका सरकारी कार्यालय घेराउ, उपत्यकामा उच्च सुरक्षा सतर्कता

असार, काठमाडौं । आफ्नो नेतृत्वको सरकारका निर्णय उल्ट्याएको भन्दै वर्तमान सरकारको बिरोधमा आन्दोलनरत एकीकृत नेकपा माओवादीले आज देशभरका साना तथा ठूला सबै कार्यालय घेराउ गरेको छ ।काठमाडौंको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार दक्षिणढोकामा नेतृ हिसीला यमीको नेतृत्वमा माओवादी कार्यकर्ताहरुले धर्ना दिएका छन् । धर्नाका कारण कर्मचारी प्रबेश गर्न नपाउँदा सिंहदरवारको नियमित कामकाज ठप्प भएको छ । धर्नाले सिंहदरवार, अनामनगर, घट्ट्कुलो, बबरमहल लगायत क्षेत्रको यातायात आवागमन प्रभावित भएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्