Tuesday, June 23, 2009

सहपाठीको हत्याको बिरोध गर्दै बिध्यर्थिहरू

अपरणपछि हत्या गरिएकी जुविलियन कलेज कालीमाटीकी विद्यार्थी ख्याती श्रेष्ठको हत्यारालाई कडा कारवाहीको माग गदै मंगलबार पनि विद्यार्थीहरुले कालिमाटी क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् । दुई दिन अघि अत्या गरिएकी विद्यार्थी ख्यातीको हत्यारालाई कार्वाही तथा हत्यारामा संलग्न सबैलाई सार्वजनिक गर्न माग गदै आफन्त तथा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन ।कालिमाटी प्रहरीका अनुसार अहिले कालिमाटीमा यातायात अवरुद्ध गरिएको छ भने कलंकीमा पनि जुलुस प्रदर्शन गरिएको छ । हत्याको विरोधमा देशभरका उच्च माध्यमिक विद्यालय बन्द गरिएको छ ।जुबिलियन कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी ख्याती तीन साता अघि अपहरणमा परेकी थिइन र उनको शव आइतबार ललितपुरमा भेटिएको थियो । उनको हत्यामा संलग्न दाजिर्लिङ घर भई शाल काठमाडौंमा बस्दै आएका ४२ वर्षि वीरेन श्रेष्ठ प्रधान र नयाँ बजारकी १६ व्षिया मेरिना शाक्यलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । अपहरणमा संलग्न विरेन श्रेष्ठ विगत १४ वर्षदेखि एभीयस स्कुलमा शिक्षण गदै आएका थिए ।
साभार :दैनिकी

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्