बेल्जियमकि एक युवतीलाई टाटु बनाउँदा निदाए पछी ठूलो फसाद परेको छ। Kimberley Vlaminck नामकी ति युवती टाटु ३ वटा टाटु बनाउन लगाई निदाएकि थिईन तर जब उनले बिउझेर आफ्नो अनुहार हेरिन त आफ्नो अनुहारमा ५६ वटा स्टार आकारका टाटु बनाईएको पाईन। Courtrai, Belgium स्थित Tattoo Boy studio मा उनी आफ्नो अनुहारमा टाटु बनाउन गएकि थिईन। उनले आफुले भने जस्तो नपाए पछी त्यो टाटु बनाउने मान्छे विरुद्द £10,000 क्षतीपूर्ती माग गर्दै मुद्दा दायर गरेकि छन। ति युवतीका अनुसार उनले ३ वटा स्टार आकारका टाटु बनाउन भनेकि थिईन तर जब सकिए पछी उनले आफ्नो अनुहार हेरिन आफै अचम्म परीन।"यो निकै नै डरलाग्दो काम भयो । अब म बाटोमा हिड्दा सबैले मलाई नै हेर्ने छन। उसले मलाई बर्बाद गरीदियो" उनी भन्छिन।तर टाटु बनाउने Rouslan Toumaniantz को भनाई भने अर्कै छ," उनले जस्तो भनेकि थिईन त्यस्तै बनाई दिएको हुँ।" उनले आफ्नो घरमा बाबुले टाटुकै कारण नराम्ररी गाली गरे पछी र ब्याय फ्रेन्डले पनी टाटु कै कारणले छाडे पछी क्षती पूर्ति माग गरेकि हुन।
टाटोकै कारण सबै ठाउबाट nikaalinu pare pachhi teti ta garnai paro ni
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्