
असार, काठमाडौं ।
प्रधानमन्त्री माधवकुमार नेपालले सदन अवरोध गरेर संविधान निर्माणमा अफ्ठेरो नपार्न माओवादीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री नेपालले सदन अवरोध गरिरहदा
संविधान निर्माणमा पर्न जाने ढिलाईको जिम्मेवारी पनि माओवादीले नै लिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघको भेटघाटमा प्रधानमन्त्री नेपालले सदन अवरुद्ध भएकोमा सरकार गम्भीर भएको उल्लेख गर्नुभयो । माओवादीले सदन चल्न नदिएर देश र जनतामा देखिएको समस्याको बहसको थलोलाई रोकेको भन्दै भविष्यमा आउनसक्ने गम्भीर चुनौतीको जिम्मेवारी लिनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्रीले पत्रकारको सुरक्षा र
दण्डहीनताको अन्त्यका लागि गम्भीर भएको पत्रकारहरुलाई बताउनुभयो । नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाको नेतृत्वमा गएको टोलीले
पत्रकारको सुरक्षा र रिपोर्टर्स क्लवका अध्यक्ष
ऋषि धमलासहित तीन पत्रकार लाइ नियोजित रुपमा फसौना खोजिएको भन्दै मुद्दा फिर्ता लिन आग्रह गरेका थिए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्