मोबाइलमा घंटी बज्दा उनिको झल्को लाग्छ अचेल
घंटौ सम्म उनी उनिसगै बोलिराखू लाग्छ अचेल ।
कति मिठो हास्छन उनी भुल्छु सारा सम्सारनै
उनी सग फोन गर्दा त छुट्टै मज्जा लाग्छ अचेल ।
मेरे यादमा कल्पिएर दिनहरु काटछन आर
मनभित्रको माया उनलाई पोखिदिउ लाग्छ अचेल ।
झस्किएर मनको कुरा मन भित्रै राख्छन उनी
उनकै दिल जलाउने पर्खाल तोडु लाग्छ अचेल ।
हर क्षण सम्झनाले मुटु फुट्ला जस्तै हुँदा
उनकै मन्दिरम बसाइ सरु लाग्छ अचेल ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्