Thursday, June 25, 2009

पपसम्राट माइकल ज्याक्सनको मृत्यु

१२ असार, एजेन्सी । पपसङ्गीतका सम्राटका रुपमा चिनिने अमेरिकी गायक माइकल ज्याक्सनको आज बिहान मृत्यु भएको छ । उनको गएराती आफ्नै घरमा हृदयघातबाट मृत्यु भएको वीवीसीले जनाएको छ । ज्याक्सन एक्कासी सिकिस्त बिरामी भएको खबर पाएपछि उपचारका लागि चिकित्सक उनको घर पुगेका थिए । त्यसपछि उनलाई युसीएलए मेडिकल सेन्टरमा राखिएको थियो । यद्यपी मेडिकल सेन्टरमा लैजानु अगावै उनको मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । पचास बर्षीय ज्याक्सनको मृत्युको खबर पाएपछि उनका हजारौं समर्थक शव राखिएको स्थानिय मेडिकल सेन्टरमा जम्मा भएका छन् ।
उनले आगामी महिना लन्डनमा १० वटा साङ्गितिक कार्यक्रम गर्ने तयारी गरेका थिए । ९ अगस्ट सन् १९५८ मा जन्मिएक ज्याक्सनको अफ द वाल (१९७९), थि्रलर (१९८२), बेड (१९८७) र डेन्जरस (१९९१) लगायत एल्वमहरु बढी चर्चामा छन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्