एकीकृत नेकपा माओवादीको जारी पोलिटब्युरो बैठकमा पार्टीको आगामी कार्यनीतिका बिषयलाई लिएर सदस्यहरुवीच तीब्र ध्रुवीकरण भइरहेको छ ।सरकारवाट हटेपछि पहिलोपटक सुरु भएको पोलिटब्युरो बैठकमा बिहिबारसम्म करिव बीस जना सदस्यले अध्यक्ष प्रचण्डको प्रतिबेदनमाथि आफ्नो धारणा राखेका छन् । एक हप्ताअघिदेखि काठमाण्डौको काटेश्वरमा चलिरहेको बैठकको सुरुतिर प्रतिबेदनको पक्ष र बिपक्षमा उभिएका छन ।
अध्यक्ष प्रचण्डको प्रतिबेदनमा जनताले दिएको अभिमतअनुसार फेरी पनि माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने र जनमुखी संबिधान निर्माणलाई जोड दिनुपर्ने उल्लेख गरिएको छ । तर संगठन बिभाग प्रमुख मोहन बैद्य किरण पक्षका नेताहरुले बिद्रोहका लागि अहिले उपयुक्त अबसर आएकेा भन्दै बिद्रोहका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । बिद्रोहका लागि पार्टीले उचित ध्यान नदिएको भन्दै उनीहरुले अध्यक्षको प्रतिबेदनमाँ आपत्ति जनौदै संसोधन गर्न जोड दिएको कुरा एक सदस्यले जानकारी दिए । सुरुमा बैद्य पक्षमा रहेका भनिएका केही बरिष्ठ नेताहरुले आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डको प्रतिबेदनलाई समर्थन गरेका छन् । तत्काल बिद्रोहको तयारी गर्ने कि जनमुखी संबिधान निर्माण र माओवादी नेतृत्वको राष्ट्रिय सरकार भन्नेमा नेताहरुवीच परस्पर दुइवटा धारणा देखिएका छन् । माओवादी उच्चस्रोतले दिएको जानकारीअनुसार खरिपाटी भेलामा बैद्यको पक्षमा देखिएका कतिपय नेताहरु अहिले प्रचण्डको पक्षमा देखिएका छन् । स्रोतका अनुसार ४४ सदस्यीय पोलिटब्युरोमा २५ बढी सदस्य प्रचण्डका पक्षमा छन भने बााकीले मोहन बैद्य किरणको लाइनलाई समर्थन गरेका छन् । यो पर्स्ताप कसरी अघि लेजाने भन्ने बारे माओबादी भीतर छलफल भैरहेको कुरा एक सदस्यले बताए । प्राप्त उपलब्धीलाई उपयोग गर्दै अन्तिम लक्ष्यमा पुग्नुपर्ने भन्दै प्रचण्ड-बाबुराम पक्षले जनमुखी संबिधान निर्माणलाई जोड दिनुपर्ने बताएको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्