तपाईंलाई के लाग्छ महिलाहरु पुरुषको खेलौन हुन वा सजाउने गमला हुन, किन महिला हरुलाई किनिन्छ बेचिन्छ प्रयोग गरिन्छ । पाशुको बोरु केही भाउ हुन्छ तर यहाँ महिलाको केही भाउ छैन । यहाँ बाबु आमाले दाईजो सहित् छोरीको दान गर्छन् । छोरीको जीवनको सुख होस् भनेर तर छोरी लाने मान्छेलाई श्रीमतिको होइन उस्को बाबुले दिने दाईजो मा ध्यान जान्छ । यहाँ यस्त घटना धेरै भएका छन । कती महिलाले यसकै करण ज्यान गुमाएका छन । राजविराज मा एक महिलाले यस्तै भोग्नु परेको छ । दाइजो नल्याएको आरोपमा सप्तरीको राजविराजमा आफ्नै श्रीमानले श्रीमतिलाई मट्टितेल खन्याई आगो लगाएका छन् । उनलाई के थाहा उनलाई उनको आमा बाबाले जस्तो माया गर्छन् त्यस्तै माया गरेर हुर्काइेकी हुन उनी पनि । अत्मा उस्तै हो । ज्यान पनि उस्तै हो । आखिर सगै बाच्ने कसम खाएका आफ्न भन्ने मान्छेलेनै यस्तो व्यबहार गर्छ भने अब उनले के गर्ने । राती घरमै सुतिरहेको बेला राजविराज-७ का दिनेश साहले आफ्नै श्रीमति सुनिता साहलाई मट्टितेल खन्याएर आगो लगाएका थिए । आगो लगाउन दिनेशलाई उनका भाइहरुले सहयोग गरेका थिए । आगोले जलेकी साहको गम्भीर अबस्थामा स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न साह र उनका भाइहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले समातेर मात्र के गर्ने आखिर ति महिला को भबिस्य त रहेन नि त अब उसलाई जन्म कैद हुनु पर्छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्