Monday, June 29, 2009

राष्ट्र्पती माथी नै कुरी-कुरी

कुनै देशका राष्ट्रपतीले पत्रकार सम्मेलन गरेको बेला माथी बाट बाँदरले राष्ट्रपतीको कपडामा पिसाब गरीदियो भने कस्तो स्थिती उत्पन्न होला??यस्तै भयो जाम्बियाका राष्ट्रपतीलाई, जाम्बियाका राष्ट्रपती Rupiah Banda ले Lusaka मा रहेको आफ्नो अफिस बाहिर पत्रकार सम्मेलन गरीरहेको बेला माथी रुखमा बसिरहेको बाँदरले उनको ज्याकेटमा पिसाब गरीदियो। तर पत्रकार सम्मेलनकै बेला यस्तो भए पनी राष्ट्रपतीले भने यसलाई अन्यथा नलिई जोकको रुपमा प्रस्तुत गरीदिए। राष्ट्रपतीले त्यो कुरालाई तुरुन्तै जोकमा परिणत गरीदिदै भने, "तिमीले मेरो ज्याकेटमा पिसाब गरीदियौ"??त्यो बाँदर उनको अफिस Lusaka's State House को बाहिरको रुखमा बसेको थियो। उनले त्यही बेला आफ्ना प्रतिपक्षी माथी पनी प्रहार गर्न पनी भुलेनन। "अब म यसलाई Michael Sata लाइ लन्चको लागी दिन्छु" उनले भने। Michael Sata लाई उनले अघिल्लो वर्ष चुनाबमा पराजित गरेका थिए।त्यस पछी उनले तुरुन्तै आफ्नो कार्यकालको दोस्रो पत्रकार सम्मेलन फेरी शुरु गरे।
साभार : इमज्जा

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्