बिस्वा भरी स्वाइनफ्लु को महामारी फैलिएको बेला नेपालमा पनी स्वाइफ्लु भेटिएको पुष्टि भएपछि नेपाल सरकारले मुलुकभर उच्चसतर्कता अपनाएको छ । प्रारम्भीक सतर्कता कार्यक्रम अन्तर्गत नेपाल सरकारले सम्भावित संक्रमणहरुको पहीचानको लागि मुलुकभरका अस्पतालमा तुरुन्तै काम थाल्न र्यापिडरेस्पोन्स टिमलाई तयारी अवस्थामा राखेको छ । काठमाडौँस्थित एकमात्र अन्तर्राष्ट्रिय विभान स्थलमा यात्रृहरुको स्वास्थ्य परीक्षणमा कडाई गरिएको छ । चीन र भारतसँग सीमा जोडिएका मुख्य नाकामा पनि हेल्थडेस्क राखेर उच्चसतर्कता अपनाउन सुरु गरिएको स्वास्थ्य सेवा विभागको इन्फुलुएन्जा नियन्त्रण कार्यक्रमका संयोजक तथा निर्देशक डक्टर मानसकुमार बनर्जीले जानकारी दिनु भयो । उहाँका अनुसार राजधानी बाहीरका अस्पतालमा पनि उपचारमा प्रयोग गरिने टामिफ्लु नामक औषधी जगेडामा राखेको छ । तीन महीना यता १३३ मुलुकमा देखा परिसकेको यो रोगबाट २ सय ६४ जनाको मृत्यु भइसेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । यस बाट बच्नको लागी सबै नेपालीले आफ्नो ठाउबात सरकारलाई सहयोग गर्नु पर्ने कुरा स्वस्थ्य मंत्रालयाको छं ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्