Wednesday, July 1, 2009

सपना अदुरै, कामदारको हत्या

मलेसियामा तीन साताबीचमा अज्ञात समूहले दुई नेपाली कामदारको हत्या गरेका छन् । हत्या हुनेमा उदयपुर गाईघाटका संराज राई र झापाका रञ्जित खनाल छन् । मलेसियास्थित नेपाली दूतावासअनुसार, दुवैको बस्ने कोठामा हत्या भएको हो । खाना पकाइरहेको अवस्थामा खनालको तीन साताअघि हत्या भएको थियो । हत्याराले उनको साथबाट मोबाइल मात्रै लिएर गएका छन् । उनको शव नेपाल आइसकेको छ । राई जोहोरबारुस्थित तावाकाल कम्पनीमा कार्यरत राईले पारिश्रमिक आठ हजार रिंगिट अर्थात एक लाख ६० हजार रुपैयाँ बुझेको त्यहाँ प्रकाशित नेपाल पृष्ठभूमि साप्ताहिकका अध्यक्ष सुनिल चालिसेले बताए उनको शव स्थानीय केलाङ अवस्था -बेबारिसे अवस्था)मा थियो । पछि मात्रै नेपाली कामदारको सक्रियतामा शव पहिचान भएको थियो । तीन वर्षअघि । राईको अन्तिम पटक परिवारसँग जेठ १८ गते फोनसम्र्पक भएको थियो । राईको तलब बुझेको जुन १० तारिखको राति कोठामै सुतिराखेको अवस्थामा हत्या भएको हो । । 'उनीसँगै बस्ने नेपाली पनि फरार छन् । हत्यामा उसको पनि संलग्नता रहेको प्रहरीले अनुमान गरेको छ,' उनले कान्तिपुरसँग भने, 'उनीसँग बस्ने नेपालीको भने पहिचान हुन सकेको छैन् । आफ्न नागरिकको हत्य हुन थाले पछी दुताबसले सकृयता देखाएको छ । दुताबासले रातको समयमा एक्लै नहिडन र हिदनै परे समुहमा हिंड्न अनुरोध गरेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्