Sunday, July 5, 2009

विरोधको नया तरिका


हामीहरुले विरोध गर्ने धेरै तरिकाहरु देखेका छौं नेपालमा विरोध गर्दा टायर बाल्ने र चक्काजाम गर्ने गरीन्छ। त्यस बाहेक अन्य देशहरुमा हामीहरुले विरोधका धेरै शैली देखेका सुनेका छौं। तर एक ब्रिटीस महिलाले आफुलाई माछा मार्ने हुकमा झुण्ड्याएर विरोध गरेकि छन। Alice Newstead नामकी जनावर अधिकारवदी ति महिलाले आफ्नो शरिरमा सिल्भर रङ्गको पेन्ट लगाएर आफुलाई त्यसरी झुण्ड्याएकि थिईन। पेरिसको एउटा कस्मेटिक पसलको अगाडी उनले आफुलाई सार्कलाई फसाउन प्रयोग गरीने हुक आफ्नो ढाडमा फसाएर १५ मिनेट सम्म झुण्डिएकि थिईन।त्यस क्रममा उनको छाला तन्किएर रगत समेत निस्केको थियो। धेरै माछाहरु लगायत सार्क मारे पछी अहिलोए तिनको संख्या कम हुदै गए पछी यसरी विरोध गरीएको हो।विभिन्न प्रयोजनको लागी सार्कहरु अत्याधिक रुपमा समातिन थाले पछी गएको १० वर्षमा कुनै प्रजातीका सार्कको संख्या ८० प्रतिशतले घटेको International Fund for Animal Welfare (IFAW) को तथ्यांक छ। जसले गर्दा त्यहाँको पारिस्थितीक प्रणालीमा पनी गम्भिर असर पुगेको वैज्ञानिकहरु बताउछन।
एजेंसी

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्