Saturday, July 4, 2009

बाढीका कारण २ सय घर जोखिममा

देशको बिभिन्न ठाउमा डिको कारण हजारौ जनता घरबार बिहीना भएको बेला आज नवलपरासीको कावास्वतीमा गएराति केरुङ्गे खोलामा आएको बाढीका कारण त्यहाँ झण्डै २ सय घर जोखिममा परेका छन् ।बाढी शिवमन्दिर गाविस वडा नं. ६ को देवीचोकबाट पसेपछि वडा नं. ६, २ र ७ का करिब २ सय घर जलमग्न भएको त्यहाँ निकट स्रोतले जनाएको छ । अहिले प्रभावित स्थानमा आपतकालिन उद्धारका लागि स्थानीय वासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । खोलाले आफ्नो दिशा परिवर्तन गरी गाउँमा पसेपछि शिवमन्दिर र कावास्वतीको केही वडा पनि जोखिममा परेका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्