Saturday, July 4, 2009

आजबाट सदन चल्ने

२१ असार, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आजबाट विनाअबरोध सञ्चालन हुने भएको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमबिरुद्ध सदनमा छलफलको माग गर्दै एकीकृत नेकपा माओवादीले संसद बैठक अबरुद्ध पार्दै आएको थियो । सदन सुरु हुनुअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । एकीकृत नेकपा माओवादीले पेस्की बजेटका लागि आजदेखि व्यवस्थापिका संसद चालू गर्न दिने भएको हो । नेकपा एमाले र नेपाली काङ्ग्रेसले भने पेस्की बजेटका लागि मात्र सदन चल्न दिने माओवादी अडानप्रति असहमति जनाएका छन् । उनीहरुले नीति तथा कार्यक्रमसहितको पूरै बजेट ल्याउनुपर्ने अडान राख्दै पेश्की बजेटको औचित्य नभएको बताएका छन् । संसद बैठक अपरान्ह ३ बजे बोलाइएको छ ।
साभार : अनलाइन ख़बर डट कम

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्