Monday, July 6, 2009

आजबाट सदन सुचारु हुने

२२ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी अवरुद्द संसद सुचारु गर्न सहमत भएका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला निवास महाराजगञ्जमा सोमबार भएको दुई दलको छलफलमा संसद चलाउनेबारे सहमति भएको माओवादी नेता डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यवस्थापिका संसदको बैठकमा आज सुरुमा प्रधानमन्त्री माधवकुमार नेपाल र पछि माओवादी अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम छ । उहाँले माओवादीको मागमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पेष्की बजेटकोलागि मात्र नभएर सरकारका नीति तथा कार्यक्रमसहितको बजेटका लागि संसद सुचारु गर्नेमा माओवादीलाई गम्भीर हुन आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्