Sunday, July 5, 2009

उच्च सतर्कताको लागि कटवालको विशेष निर्देशन

२२ असार, काठमाडौं । जङ्गीअड्डाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको गहिरो विश्लेषणसहित तयारी अबस्थामा रहन नेपाली सेनाका ६ वटै पृतना मुख्यालयलाई विशेष सर्कुलर जारी गरेको छ । पृतना मुख्यालयका पृतनापतिलाई सम्बोधन गरेर पठाइएको विशेष परिपत्रमा माओेवादी सरकारबाट वाहिरिएको अवस्थामा आन्तरिक सुरक्षामा थप चुनौति र खतरा आउन सक्ने आङ्कलन गरिएको स्रोतलाई उद्धृत गर्दै आज प्रकाशित अन्नपूर्ण पोष्टले दावी गरेको छ । उच्च स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘स्रोतका अनुसार प्रधानसनापतिबाट बेलाबेलामा पेतना मुख्यालयलाई यसरी परिपत्र गर्ने चलन छ । आफूलाई अवकाश दिने माओवादी नेतृत्वको तत्कालीन सरकारको निर्णय खारेज भएपछि कटवालले गरेको विशेष सर्कुलरलाई अर्थपूर्ण रुपमा लिइएको छ ।’

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्