Thursday, July 23, 2009

माइक्रोबस जलाएको विरोधमा राजधानिको २३ र ५ नम्बर रुटमा सवारी साधन चलेनन्

आफ्ना साथि कुटिएको विरोधमा त्रिचन्द्रका विद्यार्थीले माइक्रोबस जलाएको विरोधमा राजधानिको २३ र ५ नम्बर रुटमा चल्ने कुनै पनि सवारी साधन चलेका छैनन् । सो रुटमा गाडि नचल्दा बालाजु, सोर्हखुट्टे,लैनचौर, सुनधारा,रत्नपार्क लगायतका क्षेत्रमा यातायात प्रभावित भएको छ ।
विद्यार्थीहरुले मङगलबार जमलमा साथी कुटिएको विरोधमा माइक्रोबसमा आगजनि गरेका थिए । दोषिलाई कार्वाहि र क्षेतिपुर्तिको माग गर्दै सो रुटमा चल्ने माइक्रो व्यवसायीले सवारीसाधन चलाएका छैनन् । उनिहरुले आफ्ना मागका सम्बन्धमा सम्बोधन नगरे भोली उपत्यकमा चल्ने कुनै पनि माइक्रोबस नचलाउने चेतावनि दिएका छन् । उपत्यकामा चल्ने माइक्रोबसको संख्या ७ सय भन्दा बढि रहेको छ

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्