Thursday, July 23, 2009

देव पटेलले हिन्दी फिल्म खेल्ने

ओस्कार विजेता फिल्म 'स्लमडग मिलेनियर'का अभिनेता देव पटेल अब छिटै नै हिन्दी फिल्ममा पनी देखिन सक्ने छन।चर्चित तमिल फिल्म 'Nadodigal' को हिन्दी रिमेकमा उनी देखिन सक्ने कुरा फिल्मका निर्देशक Samuthirakkani ले सञ्चार माध्यमहरुलाई बताएका हुन। अहिले उनी सँग यस बारेमा कुराकानी चलिरहेको उनले पत्रकार सम्मेलनमा जनाए।"हामीहरु लाई पुरा आशा छ कि हामी उनलाई यो चलचित्रको लागी अनुबन्ध गर्न सफल हुने छौं" नाम राख्न बाँकी फिल्मका निर्देशक Samuthirakkani ले भने। फिल्म 'Nadodigal' एउटा सानो शहरका तिन साथीहरु बिचको कथामा आधारित छ र यसको रिमेकले अहिलेका पुस्ता लाई राम्रो सन्देश दिने Samuthirakkani को विश्वाश रहेको छ।
साभार : एजेंसी

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्