Thursday, July 23, 2009

बाग्मति अञ्चलमा सार्वजानिक यातायात बन्द, जनजीवन प्रभावित

सवारी साधनमाथि तोडफोड भएको बिरोधमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ बागमति समितिले आव्हान गरेको यातायात बन्दका कारण राजधानी लगायत आठ जिल्लाको जनजिवन प्रभावित बनेको छ । बिहानि देखि सार्वजानिक सवारी साधन नचलेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् ।
उलेख्य सवारी साधनम सञ्चालनमा आएपनि भाडाका सवारी साधन सञ्चालन नहुँदा गन्तब्य तिर हिडेका सर्वसाधारणहरु बिचल्लीमा परेका छन् । केहि दिन अघि राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि माईक्रो बसमा आगजनि भएको बिरोधमा समितीले वागमति अञ्चलमा यातायत बन्दको आव्हान गरेको हो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्