Saturday, July 25, 2009

उपराष्ट्रपतिलाई राजीनामा दिन फोरमको सुझाव

११ साउन, काठमाडौं । मधेसी जनअधिकार फोरमले उपराष्ट्रपति परमानन्द झालाई राजीनामा दिन सुझाब दिएको छ । हिन्दी भाषामा लिएको सपथप्रति अडिग रहेकोले उपराष्ट्रपतिले राजीनामा दिन उपयुक्त हुने फोरमको ठहर छ ।
हिन्दीमा लिएको सपथ सर्वोच्च अदालतले खारेज गरिदिएपछि उपराष्ट्रपति झाले मधेसवादी दलहरुको सुझाब मागेको बेला आफ्नै दलले राजीनामा दिन सुझाब दिएको हो ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आज सुनसरीमा पत्रकारहरुसँगको कुराकानी बताउनु भयो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्