Saturday, July 25, 2009

एमाले सभासदद्वारा संसदीय दलको बैठक बहिस्कार

११ साउन, काठमाडौं । सत्तारुढ नेकपा एमालेका सभासदहरुले आफ्नै संसदीय दलको बैठक बहिस्कार गरेका छन् । व्यवस्थापिका सदनमा आजदेखि छलफल हुने विनियोजन बिध्येकमा सक्रिय सहभागीता जनाएर सहयोग गर्न आग्रहका लागि बैठक बोलाइएको थियो । अर्थमन्त्री सुरेन्द्र पाण्डेको अनुरोधमा पार्टी अध्यक्ष झलनाथ खनालले आह्वान गर्नुभएको बैठकमा सभासदहरुले बजेट पूर्वाग्रही ढङ्गले ल्याइएको भन्दै बहिस्कार गरेका हुन् । एमालेको कार्यक्रम समेत बजेटमा नसमेटिएकोले बजेटलाई समर्थन गर्न नसकिने भन्दै बहिस्कार गरिएको बैठकमा सहभागी एक सभासदले जानकारी दिए । उनीहरुले बैठकमा प्रधानमन्त्री स्वम् उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन् । अन्यथा आगामी बैठक पनि बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्