१२ साउन, कञ्चनपुर । दार्चुलाको खार गाबिसको ज्यामिरे गाउँमा गएराति गएको पहिरोमा परी सात ओटा घरहरु पुरिएका छन् । घटनाको बिस्तृत विवरण आउन नसकेपनि केहि हताहती भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । पहिरोले एकै परिवारका पाँच जना घाईते भएका छन् । घटनास्थल सदरमुकाम खलङ्गाबाट १४ कोषको दुरीमा पर्दछ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको एक टोली पुगेर उद्धार गरिरहेको जनाईएको छ । जिल्लाको यरकोट गाविसमा पनि दुई ओटा घर पहिरोले पुरेको छ । चमेलिया जलविद्युत परियोजनामा बाढिले क्षति पुर्याएको छ भने धुलिगाडा गाविसमा पर्ने नबगणेश्वरी प्राथमिक बिद्यालयपनि पहिरोले बगाएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्