सिड्नीमा थुप्रै नेपालीहरु पढ्दै गरेको स्टर्लिङ कलेज आज मंगलबारदेखि बन्द भएको छ। कलेजमा “कम्युनिटी वेलफेयर” पढाइ हुने गरेको थियो। छिट्टै “पर्मानेन्ट रेसिडेन्सी” पाइने आशामा अहिले कम्युनिटी वेलफेयर पढ्ने नेपालीहरुको सङ्ख्या थुप्रै छ।
उक्त कलेज बन्दको समाचारले सिड्नी बस्ने सबै नेपालीहरुलाई कुनै न कुनै तरिकाले पक्कै दु:ख पुर्याएको छ। किनकि प्राय: सबैको नजिकको मान्छे, दिदी-बहिनी, साथी वा कोही त्यहाँ पढ्दै थिए।यसरी कलेज बन्द भएको सिड्नीमा पहिलोपटक भने होइन। यसअघि धेरै कलेजहरु बन्द भइसके। केही महिना अघिमात्र नेपालीहरुद्वारा नै सन्चालित ग्लोबल कलेज बन्द हुँदा पनि धेरै नेपालीले दु:ख पाएका थिए। तर यस बारेमा यहाँका सम्बन्धित अधिकारीहरुले खासै चासो देखाएको पाइएको छैन।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्